इटालीसँग फ्रान्स स्तब्ध

शनिबार, भदौ २२, २०८१

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले फ्रान्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा फेडेरिको डिमार्को डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक एक गोल गरेका थिए । त्यसैगरी फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए । नेसन्स लिग अन्तर्गत अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्दै छ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार