‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ काठमाडौंमा सुरु (भिडियाे)

शनिबार, भदौ २२, २०८१

काठमाडौं ।  नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले सांस्कृतिक गतिविधिहरूले मानव सबैलाई जोडेको बताएका छन् । ‘काठमाडौं–कलिङ साहित्य महोत्सव’ तेस्रो संस्करणको शनिबार आयोजित उदघाटन समारोहमा उनले सांस्कृतिक अन्तरक्रियाले संसारलाई जोडेर बाँधेको बताएका हुन् । उनले भने, ‘यो सांस्कृतिक अन्तरक्रियाहरुले सांस्कृतिक सम्मेलनको गतिविधिले मानव मानवमा जोडिने अथवा सारा संसारलाई जोडेको हुन्छ । यस्ता सांस्कृतिक सम्मेलनहरुको माध्यमबाट दक्षिण एशीयाली देशहरुलाई जोडिरहेका हुन्छौं ।’ साथै उनले राज्यको  उत्पत्तीले देशभित्र रहेका अन्य सांस्कृतिक समूदायलाई दबावमा राखेको बताए । उनले दबावमा रहेका सांस्कृतिक समूदायलाई हामी सबैले एक आपसमा जोडेर सभ्य समाज बनाउनुपर्ने बताए । महोत्सवको तेस्रो संस्करण शनिबारदेखि सुरू भएको हो । ललितपुरको होटल हिमालयमा दुई दिनसम्म चल्ने महोत्सवको उद्घाटन भारतीय राजदूतावासका डेप्युटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तव, प्रज्ञा प्रतिष्ठानका  राई, लेखक भुवन ढुंगाना लगायतले गरेका छन् । महोत्सवमा तीनसय बढी लेखकहरुको सहभागिता रहने जनाइएको छ । महोत्सवमा तीनवटा हलमा ६० बढी सत्रहरु चल्ने जनाइएको छ ।

Photos-1725694619.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार