राजनीतिक परिवर्तनमा नेवार समुदायको भूमिका ऐतिहासिक : प्रचण्ड (भिडियाे)

शनिबार, भदौ २२, २०८१

खोकना (ललितपुर) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि ऐतिहासिक भूमिका खेलेको बताएका छन् । ललितपुर महानगरपालिका वडा नम्बर २१ खोकनामा लागेको नेवारी समुदायको मौलिक र ऐतिहासिक पर्व रुद्रायणी देवीको १२ वर्षे मेला समापनका अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकास, सामजिक सद्भाव, संस्कृतिको संरक्षणको क्षेत्रमा पनि नेवार समुदायले ठूलो भूमिका खेलेको बताए । उनले भने, ‘देशको आर्थिक विकास, सामाजिक सद्भाव तथा संस्कृतिको संरक्षणको क्षेत्रमा मात्र नभएर नेवार समुदायले देशको राजनीतिक परिवर्तनका लागि पनि ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको कुरा ईतिहासमा स्वर्णिम अक्षरहरुले लेखिसकिएको छ ।’ साथै, उनले १० वर्षको जनयुद्ध र १९ दिनको ऐतिहासिक जनआन्दोलनमा नेवार समुदायले गरेको योगदान अविस्मरणिय रहेको पनि बताए । उनले सुशासन, सामाजिक न्याय समृद्धि हुँदै नेपाली जनताले देखेको समाजवाद निर्माणको सपना पूरा गर्न नेवार समुदायले ऐतिहासिक र निर्णायक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार