बागलुङबाट प्रकाश र स्वस्तिमाको ‘वसन्त’ को छायांकन शुरु

शनिबार, भदौ २२, २०८१

काठमाडौँ । फिल्म ‘परदेशी २’बाट अभिनेता बनेका गायक प्रकाश सपूतको नयाँ फिल्म बसन्तको छायांकन शुरु भएको छ । फिल्मको छायांकन बाग्लुङको धार्मिक स्थल कालिका मन्दिरमा फिल्मको मुहूर्त गरिएको हो । प्रकाशसहित अभिनेत्री स्वस्तिमा खड्कालगायतले क्यामेरा, स्क्रिप्ट र क्ल्याप बोर्ड पूजा गरेका थिए । मुहूर्तपछि शान्ति पदयात्रा पनि निकालिएको थियो । बागलुङस्थित सपूतको जन्मथलो धम्जा गाउँसहितका क्षेत्रमा करिब २५ दिन फिल्मको छायांकन हुने जनाइएको छ । दशैं र तिहारको बीचमा भने काठमाडौं र तराई क्षेत्रमा छायांकनको तयारी गरिएको निर्देशक सपूतले बताए । सुसन प्रजापतिको छायांकन रहने फिल्ममा प्रकाश र स्वस्तिमासहित अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, प्रभात पाल ठकुरी, खड्कबहादुर पुन, शिवांशी श्रीलगायतको पनि अभिनय रहनेछ । यसमा प्रकाश स्वयंको लेखन छ भने गीत पनि उनले नै तयार पारेका छन् । तीन करोड बजेट अनुमान गरिएको फिल्मलाई आगामी चैत २२ गतेबाट प्रदर्शन गरिँदैछ ।
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार