पूर्वाधार विकासमा इन्जिनियर र जनप्रतिनिधि दुवैको महत्वपूर्ण भूमिका : मन्त्री मास्के

आइतबार, भदौ २३, २०८१

काठमाडौं । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले पूर्वाधार विकासमा इन्जिनियर र जनप्रतिनिधि दुवैको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।  स्थानीय तहको विकास, जनप्रतिनिधि र इन्जिनियरको भूमिका विषयक शनिबार आयोजित छलफल कार्यक्रममा उनले जनप्रतिनिधिहरुको भिजनलाई लिएर इन्जिनियरहरु हातेमालो गर्दै अगाडि बढ्नु पर्ने बताए । 
उनले भने, ‘यो पूर्वाधार क्षेत्रको विकासमा इन्जिनियरहरुको महत्वपूर्ण भूमिका र योगदान हुन्छ भन्ने कुरालाई हामीले बिर्सिनु हुँदैन् । यसको साथै जनप्रतिनिधिहरु भिजन लिएर नीति निमार्ण गर्ने व्यक्तिहरुको रुपमा इन्जिनियरहरुसँग हातेमालो गर्दै एक रथको दुई पांग्रा जसरी काम गर्नुपर्ने हुन्छ । तब मात्र हामीले साच्चिकै स्थानीय तहको विकास गर्न सक्छाैँ ।’ जनप्रतिनिधिहरुले नीति निर्माणलगायत धेरै कुरामा महत्वपूर्ण भूमिका खेल्ने भन्दै इन्जिनियरहरुले सोही नीति अनुसार काम गर्नुपर्ने उनको भनाई छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०५:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार