भुइमान्छे मन्त्री भएको छु, जनआवाजको सम्बोधन गर्छु : मन्त्री राई

आइतबार, भदौ २३, २०८१

काठमाडौं । रक्षामन्त्री मानवीर राईले पार्टीका सिद्धान्तहरु पालना नगर्दा असन्तुष्टिका जनआवाजहरु आउन थालेको बताएका छन् । शनिबार आयोजित एक कार्यक्रममा उनले नयाँ, पुरानो सबै पार्टीको उद्देश्य र सिद्धान्तहरु राम्रो भएको भन्दै त्यसको पालनामा अभावको कारण समस्या आएको बताए । उनले भने, ‘नयाँ, पुरानो सबै पार्टीको शपथ, उद्देश्य र सिद्धान्तहरु राम्रो छन् । तर त्यसलाई पालना नगर्दा कताकता अल्मलिएर असन्तुष्टिका जनआवाजहरु आउन थालेका छन् । यसमा ध्यान दिनुपर्छ । म जस्तो भुइमान्छेले मन्त्रालय सम्हाल्दा थप जिम्मेवारीको बोध पनि छ ।’ यस्तै, उनले धेरै ठूलो इज्जत हासिल गर्न नसके पनि पुरानो कुरालाई नबिगार्ने, नभत्काउने र नघटाउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘गोर्खे खुकुरीवालाहरुको धेरै ठूलो इज्जत छ । त्यही हासिल गर्न नसकौला तर धेरै परिवर्तन नगरे पनि, थप विकास नगरे पनि पुरानो कुरालाई नबिगार्ने,  नभत्काउने, पुरानो ठाँउबाट तल नघटाउने प्रतिबद्धता जनाउन चाहन्छु ।’ उनले सरकारले नियम र विधि अनुसार नियमन गर्ने हिसाबले गम्भीर छलफलका साथ अहिलेको मन्त्रिपरिषद्ले टिकटकलाई खोलेको बताए ।

Man-Bir-1725751461.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०५:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार