चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’का कारण जनजीवन प्रभावित

आइतबार, भदौ २३, २०८१

काठमाडौं । चीनको हाइनानमा ‘सुपर टाइफुन यागी’ नामको चक्रवातले त्यहाँको जनजीवन प्रभावित भएको छ । चीनको दक्षिण क्षेत्रमा पर्ने उक्त टापु प्रान्तमा चक्रवातपछि आएको भारी वर्षा र हुरीका कारण जनजीवन प्रभावित भएको हो । वर्षा र आँधीका कारण ८९ वटा सडक अवरुद्ध भएका छन् । ति सडकहरु खुलाउनेक्रम जारी राखिएको छ । प्रवाभित क्षेत्रमा रेल सेवाहरू पनि अवरुद्ध भएका थिए । यागीको कारण हाइकोउ माइलान अन्तर्राष्ट्रिय विमानस्थल आइतबारसम्म बन्द रहने जनाइएको छ । सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थल भने सुचारु भएको छ ।  उक्त यागी भियतनामतर्फ मोडिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारी वर्षा र हुरीका कारण कम्तीमा दुई जनाको मृत्यु तथा ९२ जना घाइते भएको स्थानीय संचारमाध्यमले जनाएका छन् ।
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  ०५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार