सोसल मिडिया
Contact Us
युनिकोड
सिरहा । पछिल्लो समय सिरहा जिल्ला प्रतिवन्धित लागुऔषधको अखडा नै बनेको छ। खुल्ला सिमानाका भएका कारण जिल्लाको विभिन्न नाकाबाट तस्करहरुले भारतीय बजारसम्म प्रतिवन्धित लागुपदार्थ गाँजा पुर्याउने र भारतीय वजारबाट ब्राउन सुगर, कोरेक्स, टयावलेटलगायतको लागुऔषधहरु भित्राउने गरेको पाइएको हो । जिल्लाको उत्तरीक्षेत्र बन्दिपुर, कर्जन्हा, मिर्चैया, गोलबजार, धनगढी, तरेगना गोविन्दपुर, लाहनलगायतका क्षेत्रहरुबाट तस्करहरुले ठूलोमात्रामा गाँजा खरिद गरी भरीया प्रयोग गरी भारतीय बजार पुर्याउने गरेको स्थानियहरु बताउँछन् । सिरहा प्रहरीले आजमात्रै कर्जन्हा नगपालिका ११ बाट घरको अगाडी झाडीबाट दुई सय ९० केजी गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ । गत २१ गते विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कुलटोलमा रहेको चानो देवी मुखियाको घरबाटै २ सय १७ किलो गाँजासहित तीनजनालाई नियन्त्रणमा लिएको थियो । तीन दिनमा प्रहरीले पाँच क्विन्टल भन्दा बढी प्रतिवन्धित लागुऔषध गाँजा बरामद गरेको छ । एकैगाँउबाट यति ठूलो परिमाणमा गाँजा बरामद हुनुले पनि सिरहा जिल्ला लागुऔषधको हव नै रहेको पुष्टि गर्छ । गत २१ गते शुक्रवार गोप्य सूचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा चारजनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंजकुमार बाखुले जानकारी दिए ।
प्रहरीले शुक्रवार गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखिया र आज गाँजासहित अनुसन्धानका लागि एकजना गरी चारजनालाई नियन्त्रणमा लिएको मिर्चैयाका प्रमुख डीएसपी बाखुले बताए । उनले भने, ‘प्रक्राउ परेका उनीहरूमाथि अनुसन्धान भईरहेकोले नाम सार्वजानिक गर्न मिल्दैन ।' उनले भने, ‘अहिले आशंकाको आधारमा पक्राउ गरिए पनि मुख्य कारोवारीको पहिचान भईसकेकाेले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने छाैं ।' प्रहरीले शुक्रवार पक्राउ परेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । सिरहामा अहिले भारतीय र नेपाली समेत सक्रिय भएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरीले बरामद गरेका गाँउमा तस्करहरुले करिव १० क्विन्टल भन्दा बढी प्रतिवन्धित लागुऔषध गाँजा भित्रयाईएको छ । यो गाँउमा मात्र नभई लोकमार्गको उत्तरी क्षेत्रमा पर्ने गाँउहरुमा अहिले भारतीय तस्करहरुले सयौँ क्विन्टल गाँजा खरिद गरी राखेको स्राेतकाे दावी छ। खरिद गरिएको गाँजा भरीया, स्कुल बस र एम्वुलेन्समा प्रहरीकै सेटिङमा भारतीय बजारसम्म पुग्ने गरेको स्थानीयकाे भनाई छ । सिरहामा १५ वर्ष उमेर देखि ३५ वर्ष उमेर समूहका हजारौं युवाहरु लागुऔषधको कुलतमा फसेको जानकारहरु बताउँछन् ।