पलेशालाई काँग्रेसले गर्‍याे पाँच लाख पुरस्कारसहित सम्मान

आइतबार, भदौ २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसले पारा ओलम्पिक खेलमा काँस्य पदक विजेता खेलाडी पलेशा गोवर्धनलाई नगद पुरस्कारसहित सम्मान गरेको छ । आइतबार पार्टी सभापति शेरबहादुर देउवाले पलेशालाई नगद ५ लाख रूपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् । पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन् । योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार