पलेशालाई कांग्रेसद्धारा पाँच लाख रुपैयाँसहित सम्मान 

आइतबार, भदौ २३, २०८१

काठमाडौं । पारा ओलम्पिकमा नेपालका लागि ऐतिहासिक काँस्य पदक जितेकी पलेशा गोबर्धनलाई नेपाली कांग्रेसले ५ लाख रुपैयाँसहित सम्मान गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित एक कार्यक्रमकाबीच काँग्रेसका सभापती शेरबहादुर देउवाले ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरका हुन्  । यस्तै, प्रशिक्षक कविराज नेगी लामालाई पनि एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरिएको छ । पेरिसमा ओलम्पिक २०२४ को के–४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजी मुनिको प्रतिस्पर्धामा पलेशाले काँस्य पदक जितेकी थिइन् ।  
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार