नेपाललाई विश्वसामु चिनाउने कडीको रुपमा खेल क्षेत्रलाई लिनुपर्छ : देउवा

आइतबार, भदौ २३, २०८१

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पेरिस पारा ओलम्पिकमा नेपालले प्राप्त गरेको काँश्य पदकले देशकै इज्जत बढेको बताएका छन् । पार्टी कार्यालयमा आइतबार आयोजित सम्मान कार्यक्रममा उनले नेपाली पारा तेक्वान्दो खेलाडी पलेसा गोवर्द्धनले काश्य पदक हासिल गरेर राष्ट्रकै इज्जत बढाएको भन्दै आगामी दिनको सफलताको लागि शुभकामना पनि दिए ।  उनले भने, ‘नेपालको इतिहासमा अन्तर्राष्ट्रियस्तरको काश्य पदक प्राप्त हुनुले पनि नेपालकै इज्जत बढेको छ । त्यसका लागि भोलिका दिनमा नेपाली खेलाडी अझ बढी उत्साहित हुन्, अझ बढी तपाईंलाई सफलता मिलोस् भन्ने कामना गर्न चाहन्छु ।’ खेलकुद क्षेत्रको विकासका लागि नेपाली काँग्रेस सदैब प्राथमिकताका साथ सहयोग गरिरहेको छ । आगामी दिनमा पनि अझ सशक्त ढंगले  अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ उनले भने । सभापति देउवाले खेलाडीहरू देशका गहना भएको भन्दै नेपाललाई विश्वमा चिनाउने कडीको रुपमा खेलकुद क्षेत्रलाई लिनुपर्नेमा जोड दिए । 

Palesha-saman@NC-1725803210.jpg
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  २१:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार