सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल भलिबल संघल माल्दिभ्समा आयोजना हुने काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा भाग लिने नेपाल पुलिस क्लबको टोलीलाई बिदाइ गरेको छ । मंगलवार राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दलगायतले पुलिस टोलीलाई बिदाइ गरेका हुन् । नेपालको लिगको विजेताका रुपमा पुलिसले काभा क्लब च्याम्पियनसिपमा भाग लिन लागेको हो । च्याम्पियनसिपका लागि पुलिसले राष्ट्रिय टोलीका सदस्य समेत रहेकी एपिएफकी सरस्वती चौधरी र निरुता ठगुन्ना तथा टिप टप न्यु डायमण्ड स्पोर्टस क्लबकी सुमित्रा रेग्मीलाई अनुबन्ध गरेको छ । भदौ ३० देखि असोज ५ गते सम्म हुने च्याम्पियनसिपका लागि टोली भोली बिहीवार माल्दिभ्स जानेछ । सरस्वती, निरुता र सुमित्रा सहित पुलिसका ४ खेलाडी उषा भण्डारी, पुनम चन्द, कामना विष्ट र शान्तिकला तामाङ गत महिना काभा नेसन्स लिगको रजत पदक विजेता टोली रहेका थिए । पुलिसको भलिबल टोली कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट,शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना , सुमित्रा रेग्मी , कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक) व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की