सोसल मिडिया
Contact Us
युनिकोड
महोत्तरी । मधेशमा माओवादी केन्द्रको तिव्र ओरालो यात्रालाई के प्रचण्डले व्रेक लगाउन सक्लान ? मधेश प्रदेशमा अध्यक्ष प्रचण्डसहित आधा दर्जन केन्द्रिय पदाधिकारीहरु आज र भोलि पार्टीको सागंठनिक अवस्था र पछिल्ला परिणामहरुको विषयमा निर्मम समिक्षा गर्न आईपुगेका छन् । यही सन्दर्भलाई लिएर चिया र चौतारीहरुमा मधेशको खस्कदो सागंठनिक अवस्थालाई सुधार गर्न प्रचण्डले कस्तो रणनीति अवलम्बन गर्छ्न भन्ने आम चासो बनेको छ । नेता र कार्यकर्ताहरुको भावनालाई आत्मासात गर्न नसक्दा पछिल्लो समय असन्तुष्ट पक्षहरुलाई नेकपा एमाले, जसपा, लोसपा जस्ता दलहरुले व्यवस्थापन गरिरहेको देखिन्छ । १ बर्षको अवधिमा माओवादी केन्द्र कै उच्च तहका नेताहरुको तथ्यांकअनुसार ६ सय भन्दा बढी नेता, कार्यकर्ताहरुले पार्टी छाडिसकेका छन् । अझ अचम्म लाग्दो त काँहानेर छ भने नेकपा एमालेले त माओवादी केन्द्रबाट भित्र्याएका नेता, कार्यकर्ताहरुलाई पाटी बलियो बलियो बनाउने अस्त्र नै बनाएको छ । उदाहरणका रुपमा महोत्तरीको अहिलेको एमालेको सागंठनिक अवस्थालाई हेर्न सकिन्छ । यसअघि भएको एमाले अधिवेशनमा माओवादीबाट नै प्रवेश गरेका बलिराम यादवलाई नेतृत्व दिइएको छ भने पदाधिकारीमा पनि अधिकांश माओवादीबाट भित्रीएकाहरु नै छन् । जिल्लाको मात्र हैन स्थानीय तहको अवस्था हेर्ने हो भने एमालेले माओवादीबाट भित्रिएकाहरुलाई प्राथमिकतामा राखेको छ । महोत्तरीको उत्तरी क्षेत्र बर्दिवासमा सचिव, स-सचिवदेखि पदाधिकारीमा माओवादीबाट भित्रीएकाहरु छन् । दक्षिणतर्फ माओवादी केन्द्र बलियो देखिएका पालिकाहरुमा एमालेले उनीहरुलाई पार्टी बलियो वनाउने हतियार वनाएको छ । माओवादीको बलियो पकड भनिएको सम्सीमा माओवादीबाट नै प्रवेश गरेकालाई अध्यक्षको नेतृत्व दिइएको छ । यस्तो अवस्था महोत्तरीमा मात्र हैन अन्य जिल्लाहरुमा पनि देखिन्छ । केन्द्र तहका ज्वाला कुमारी साहदेखि वुदिनी देविसम्म आईपुग्दा एमालेले नै उनीहरुलाई परिचालन गरेर पार्टीको संगठनलाई मजवुत बनाउँदै लगेको छ भने माओवादी केन्द्र थप कमजोर बन्दै गएको देखिन्छ । `पार्टी कमजोर हुनुमा यस्का अन्तर्यहरु मुलतः आन्तरिक कलह नै हो ।´ केन्द्रिय सदस्य प्रका शहरी पोखरेलले भने । `यो विषयमा पनि आज र भोलि हुने बैठकमा निर्मम समीक्षा हुनेछ ।´
बैठकमा उठेका विषयहरुको पार्टी अध्यक्ष प्रचण्ड स्वयमले दस्तावेज बनाउने र उपयुक्त छलफल गरेर निष्कर्ष निकालिने केन्द्रिय सदस्यहरुले बताएका छन् । अझ मधेशमा संस्थापन पक्ष र संस्थापन इतरको नाममा अनेक गुटबन्दी सिर्जना भएको माओवादी केन्द्रका नेता, कार्यकर्ताहरु नै स्विकार गर्छन । सिरहा, सर्लाही, महोत्तरीमा पूर्व जनमोर्चा समूह र प्रचण्ड समूहबीच जहिल्यै कहीँ न कहीँ मतभेद सिर्जना हुने गरेको र केही आधार ईलाका भएका ठाउँहरु अघिल्लो निर्वाचनमा समेत गुमाउनुले यस्लाई पुष्टि गरेको छ । यसैको परिणाम महोत्तरी क्षेत्र नं.१ मा गिरिराजमणि पोखरेलले संघमा र राजु खड्काले स्थानीय तहमा पराजय भोग्नुपरेको माओवादी केन्द्रका एक नेता बताउँछ्न । `मधेशमा माओवादीमा देखिएको आन्तरिक कलहका कारण, असन्तुष्टि र नेता कार्यकर्ताहरुको पार्टी बहिगर्मनका विषयमा पनि बैठकमा गहन छलफल हुनेछ ।´ माओवादी केन्द्र महोत्तरी इन्चार्ज राजु खडकाले भने । `अब पार्टी कमजोर हुनुमा दोषारोपण गरेर मात्र हुँदैन मैदानमा काम गर्नुपर्ने अवस्था आएको छ ।´ मधेश प्रदेश इन्चार्ज गणेश साह एकअर्कोलाई दोष लगाउने तर कमजोरीका कारकहरुको बिषयमा समीक्षा गर्न नसक्दा माओवादी केन्द्र कमजोर बन्दै गएको बताउँछन । उन्ले एक अन्तर्वार्तामा प्रचण्डमा विकल्पको खोजी भन्दा पनि सच्चिनु पर्ने र सुधार गर्नुपर्ने कयौं ठाउँहरु भएको अभिव्यक्ति दिएका छन् । यसरी नेता, कार्यकर्ताहरुले असन्तुष्टि र वहिगर्मनलाई नेताहरुलाई नै मुख्य जिम्मेवार ठहर्याएका छन् । ६ प्रदेशमा बैठक समपन्न गरेर मधेश आईपुगेका पदाधिकारीहरुको छलफल महोत्तरीको बर्दिवास रिसोर्टमा भैइरहेको छ । अध्यक्ष प्रचण्डसहित नेताहरु अग्नि सापकोटा, हरिवोल गजुरेल, गिरिराजमणि पोखरेल, नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, देव गुरुङ्ग बर्दिवास आईपुगेका छन् । बर्षामान पुन र मात्रीका यादव भने उपचारको क्रममा चिनमा छन् ।