उपसभापति गुरुङमाथि छानबिन हुनुपर्छ : गगन थापा

मंगलबार, भदौ २५, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी प्रकरणमा कांग्रेस उपसभापति धनराज गुरुङमाथि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमपछि कुरा गर्दै महामन्त्री थापाले कांग्रेसका कुनै नेतामाथि कुरा उठिसकेपछि छानबिन हुनुपर्ने पार्टीको नीति रहेको भन्दै उपसभापति गुरुङका विषयमा पनि निष्पक्ष छानविन हुनुपर्ने टिप्पणी गरेका हुन् ।  महामन्त्री थापाले गुरुङ आफैले संसदमा जस्तोसुकै छानविनको सामना गर्छु भनिसकेको अवस्थामा अब अनुसन्धानमा ढिलाई नगर्न नहुने बताए । उनले गुरुङको मात्रै नभई आफ्नो वा अरु कसैको नाम कुनै प्रकरणमा जोडिएर आए छानविन हुनुपर्ने र दोषि देखिए कारवाही समेत गर्नुपर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार