गाउँपालिका अध्यक्षसहितका जनप्रतिनिधि सडक बनाउन माग गर्दै रिले अनशनमा

बुधबार, भदौ २६, २०८१

रुपन्देही । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका सबै जनप्रतिनिधि हुलाकी सडक निर्माण छिटो गर्न माग गर्दै रिले अनशन बसेका छन् । ठेकदार कम्पनी र सङ्घीय सरकारलाई दबाब दिन प्रतापपुर गाउँपालिका अध्यक्ष,उपाध्यक्षसहितका जनप्रतिनिधिहरू रिले अनशनमा बसेका हुन् । उनीहरुलाई संघ तथा प्रदेशका निवर्तामान र वर्तमान सांसदहरुले पनि साथ दिएका छन् । रिले आनसन गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवको नेतृत्वमा संविधानसभा सदस्य विक्रम खनाल, लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठक, गाउँपालिका उपाध्यक्ष मानकुमारी चौधरी, ९ वटै वडाका वडा अध्यक्षहरू र स्थानीय जनताहरू बसेका छन् । नारायण चोकदेखि त्रिवेणीसम्मको करिब १५ किलोमिटर हुलाकी सडक ठेकदारले समयमा निर्माण कार्य सम्पन्न नगरेकाले स्थानीय यात्रीहरूले वर्षामा हिलो र घाममा धुलोको मार खेपी रहेका छन् । ठेकदारले ६ वर्षमा पनि हुलाकी सडक निर्माण गर्न नसकेको र निर्माण कार्यमा चरम ढिलाइले यो बाटो अलपत्र परेकाले दबाबका लागि आफूहरूले रिले अनसन थालेको अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  ०३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार