सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । काठमाडौं महानगरपालिकाले श्रम बैंक र प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत एक हजार ८५७ जनालाई रोजगारी दिएको छ । आर्थिक वर्ष ०८०-०८१ को वार्षिक समीक्षाका क्रममा महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालले श्रम बैंकमा आवद्ध भएका ८५७ जनालाई रोजगारी दिएको जानकारी गराएका हुन् । उनका अनुसार ८५७ जनामध्ये ५२८ जनालाई महानगरपालिकाभित्र र ३२९ जनालाई निजी क्षेत्रमार्फत रोजगारी प्रदान गरिएको छ । महानगरले बेरोजगारीको समस्यालाई सम्बोधन गर्न श्रम बैंकको अवधारणा अघि सारेको हो ।