उपसभामुखले मार्ग प्रशस्त गर्नुपर्ने काँग्रेसको निष्कर्ष

बुधबार, भदौ २६, २०८१

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानाले मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले उपसभामुखले संसदीय मर्यादाविपरीत काम गरेकाले राजीनामा दिनुपर्ने निष्कर्ष निकाले कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका हुन् । उपसभामुख रानाले कूटनीतिक नियोगलाई पत्र लेखेर भिसा प्रक्रियाका लागि अनुरोध गर्नु पदीय मर्यादा विपरीत रहेको कांग्रेसको ठहर छ । उपसभामुख रानाले पदीय मर्यादा र गरिमा जोगाउन नसकेको सत्तारुढ दलका नेताहरुको आरोप छ । उपसभामुख रानाले अमेरिकामा आयोजित एक कार्यक्रममा सहभागी हुन केही युवाहरुलाई भिसा सहजीकरण गरिदिन भन्दै अमेरिकी दूतावासलाई पत्र लेखेपछि उनी विवादमा रहेकी छन् । कांग्रेसले उपसभामुख राना बारे थप निर्णय लिनुपरेमा कांग्रेस संसदीय दल र सत्तारुढको बैठक बसेर निर्णय लिने बताएको छ । त्यस्तै बैठकले पार्टी उपसभापति धनराज गुरुङ सहकारी प्रकरणमा मुछिएको विषयमा छानबिन हुनुपर्ने धारणा बनाएको छ । कांग्रेसले उपसभापति गुरुङको डिभोर्सको विषय निजी भएको तर सहकारी ठगि प्रकरणमा नाम जोडिएपछि त्यसको छानबिन हुनुपर्ने निष्कर्ष निकालेको घिमिरेले बताए । उनले भने- 'डिभोर्स कानु्नीरुपमा २०७६ सालमा भइसकेपछि त्यो प्रश्नलाई नक्कली वा सक्कली भनेर संसदमा उठाउनु त्यो संसदीय बहसको विषय बन्न सक्दैन भन्ने कांग्रेसको धारणा छ तर सहकारीको विषयमा भने गुरूङमाथि छानबिन हुनसक्छ ।' धनराज र उनकी श्रीमती ज्योतिमाथि ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा सहकारी संस्थाको १४ करोड ८१ लाख रुपैयाँ अपचलन गरेको आरोप लागेको छ।  
 

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार