इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा अस्ट्रेलिया विजयी

बिहीबार, भदौ २७, २०८१

काठमाडौँ । अस्ट्रेलियाले इङल्याण्डविरुद्धको टी-२० सिरिजको पहिलो खेलमा जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अस्ट्रेलियाले इङल्याण्डलाई २८ रनले पराजित गरेको हो । अस्ट्रेलियाले दिएको १७९ रनको लक्ष्य पछाएको इङल्याण्ड १९.२ ओभरमा अल आउट हुदै १५१ रन मात्र बनाएको थियो । इङल्याण्डका लागि लियाम लिभिङस्टोनले सर्बाधिक ३७ रन बनाए भने फिल साल्टले २० तथा साम कुरानले १८ रन बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका बलर सीन एबोटले सर्बाधिक ३ विकेट लिए भने जोश हजेलवूड र एडम जाम्पाले २-२ विकेट लिएका थिए । यस अघिपहिला ब्याटिंग गरेको अस्ट्रेलियाले १९.३ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले २३ बलमा ५९ रन बनाएका थिए भने माथ्यु शर्टले ४१,  जोश इंगलिसले ३७ रन बनाएका थिए । त्यसै गरि इङल्याण्डका बलर लियाम लिभिङस्टोनले सर्बाधिक ३ तथा जोफ्रा आर्चर र सकिब महमूदले २-२ विकेट लिएका थिए । यो जितपछि ३ खेलमा टी- २० सिरिजमा अस्ट्रेलिया १-० ले अगाडी भएको छ । अब दोस्रो खेल शुक्रबार हुने तालिका छ ।
                  

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार