मन्त्रिपरिषद्को बैठक बस्दै

बिहीबार, भदौ २७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठक साँझ ६ः३० बजे बस्नेछ ।  आजको बैठकमा विभिन्न मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछन् । केही सहसचिवहरुको सरुवा गर्ने सरकारको तयारी रहेको शूत्रले जनाएको छ ।  बुधबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरिने सहसचिवहरुको सूची तयारीमा जुटेको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार