भक्तपुरमा ३८ जना बाजा प्रशिक्षार्थीहरु दिक्षित

शुक्रबार, भदौ २८, २०८१

भक्तपुर । निओ फ्युजन स्कुल अफ कम्प्युटर इनाचो भक्तपुरबाट सञ्चालित निओ फ्युजन बाजा समूहको ९ ओैं धिमेबाजा र ५ ओैं धाँ बाजा समूहको दिक्षान्त (पिधानेगु) विहीबार सम्पन्न भएको छ । दिक्षान्तमा धिमे र धाँ बाजामा १९/१९ जना गरी ३८ जना विद्यार्थी दिक्षान्त भएका छन् । बाजा समूहका अध्यक्ष सबिन लेबाले धाँ बाजामा ६ जना छात्रा र १३ छात्र दीक्षित भएको बताए । त्यस्तै धिमे बाजाका प्रशिक्षक उगेन बोयजुले धिमेमा १२ जना छात्रा र ७ जना छात्र रहेको जानकारी गराए । धाँ मा पहिलो अर्थात नायो एलेक्स कोजुले आफूलाई धाँ बाजा बजाउन एकदम सिक्न मन लागेकोले सिकेको बताए । साथै बुबाको इच्छा पूरा गर्न पनि आफूले बाजा सिकेको उनी बताउँछन् । कोजु भन्छन्, 'अब आउने गाईजात्रामा (सापारु) मा घिन्तानघिसीमा धाँ बजाउँछु ।  त्यस्तै धाँ को नकिंग (उपविजेता) बबिना ध्योजुले दाइले धिमे र धाँ बजाएको देखेर आफूलाई पनि सिक्न मन लागेर सिकेको हुँ ।' त्यस्तै धिमेका नाय (विजेता) प्रतिक कुम्पाख, निकिंग इशा श्रेष्ठले बाजा सिक्नेले सानैदेखि धिमे बजाउने सिक्ने इच्छा भएको बताए ।  तालिम तीन महिना चलेको थियो । निओ फ्युजन बाजा समूहले वर्षेपिच्छे बाजागाजा सिकाउँदै आएको छ । निओ फ्युजन बाजा समूह २०७६ मा स्थापना भएको हो । अहिलेसम्म ६ सय जना प्रशिक्षार्थीले बाजा सिकेको संचालक बालकृष्ण बनामाला बताउँछन् । धाँ, धिमे, बासुरी, पछिमा, पोङ्गा, लालाखिंङ्गलगायतका बाजागाजा प्रशिक्षण दिने गरेको जनाइएको छ । प्रत्येक वर्ष कम्तीमा हरेक बाजाको दुई दुई समूहलाई प्रशिक्षण दिँदै आएको जनाइएको छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार