देशभरका २१ उत्कृष्ट स्थानीय तहलाई काँग्रेसले गर्‍याे सम्मान 

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं । नेपाली कांग्रेसले संस्थागत क्षमतामा उत्कृष्ट हुने २१ स्थानीय तहलाई सम्मान गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच पार्टी सभापति शेरबहादुर देउवा एवम पार्टीका पदाधिकारीहरूले सम्मान गरेका हुन् । आर्थिक वर्ष २०७९–८० मा स्थानीय तह संस्थागत क्षमतामा उत्कृष्ट हुने चार गाउँपालिका र तीन नगरपालिका गरेर सात स्थानीय तहलाई सम्मान गरेको हो ।  यस्तै  २०७९–०८० मा सम्पन्न स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा चार गाउँपालिका र चार नगरपालिका गरेर आठवटा स्थानीय तहलाई सम्मान गरिएको हो  । यस्तै महालेखापरीक्षकको आर्थिक वर्ष २०७९–०८० को वार्षिक प्रतिवेदन अनुसार कम बेरुजु हुने तीन गाउँपालिका र तीन नगरपालिका गरेर ६ स्थानीय तहलाई पनि सम्मान गरेको छ । सम्मान कार्यक्रमलाई नै सम्बोधन गर्दै महामन्त्री गगन थापाले जनतासँग गरेका बाचालाई स्थानीय सरकारले इमान्दारका साथ पूरा गनुपर्ने बताएका छन् । उनले बाचाहरु अनुरुप काम गर्न सुझाव दिए ।  उनले  भने, ‘हामीले ३३२ वटा पालिकामा नेतृत्व प्राप्त गयौैं । स्थानीय सरकारमा सबैभन्दा ठूलो पार्टी हौं । केही बाचाहरु गरेर स्थानीय सरकारको जिम्मेवारी प्राप्त गरेका हौं, संकल्प पत्रमा ती कुराहरु स्पष्टसँग उल्लेख गरेका छौं । त्यस्ता बाचा अनुरुप काम गर्नु परिणाम आउँछ आउँदैन त्यो सबै हाम्रो नियन्त्रणमा छैन तर त्यसका निम्ती प्रयत्न गर्नु निर्वाचित हुने सबैको कर्तव्य र धर्म हो ।’
साथै उनले चोक चौतारीमा बसेर  यो  खराब उ खराब भनेर आरोप लगाउन नहुने बताए । उनले आफ्नो पार्टीका प्रतिनिधिहरुले कस्तो काम गरेका छन् त्यो सबै अनुगमन र निगरानीमा राखिनुपर्ने बताए । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार