सामाजिक सञ्जालमा रोनाल्डोका एक अर्ब फलोअर्स नाघे

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको सामाजिक सञ्जालमा एक अर्ब फर्लोअर्स पुगेका छन् । रोनाल्डोका सबै सामाजिक सञ्जाल एकाउन्टमा गरेर एक अर्ब फलोअर्स नाघेका हुन् । हालै युट्युबमा आएका रोनाल्डोले कैयौं किर्तिमान तोड्दै अहिलेसम्म ६ करोड भन्दा बढी फलोअर्स बनेका छन् । रोनाल्डो सामाजिक सञ्जाल इन्स्टाग्राममा सबैभन्दा बढी फलो गरिने व्यक्ति हुन् । उनको इन्स्टाग्राममा मात्र ६३ करोड ८० लाख अर्थात ६३८ मिलियन फलोअर्स रहेका छन् । उनका फेसबुक, एक्ससहितका सबै च्यानल गरेर एक अर्ब फलोअर्स पुगेका हुन् । यस अवसरमा रोनाल्डोले सबै मिलेर इतिहास बनाएको उल्लेख गर्दै पोर्चुगलको मादेरियाबाट विश्वको यस स्टेजसम्म आइपुग्दा आफु सधै आफ्नो परिवार र आफुलाई माया गर्ने फ्यानहरुको लागि खेलिरहेको बताएका छन् । साथै उनले अबको यात्रा पनि सबै एक अर्ब फलोअर्ससँग साथमा गर्ने उल्लेख गर्दै आफ्नो उत्कृष्ट खेल आउन अझै बाँकी रहेको बताएका छन् । आगामी फेब्रुअरीमा ४०औ जन्मदिन मनाउने तयारी गरिरहेका रोनाल्डोले आफुलाई पोर्चुगल र आफु खेल्ने क्लबका लागि सधै उपलब्ध गराउदै आएका छन् । उनी विश्वमा अहिलेसम्म सबैभन्दा बढी ९०१ गोल गर्ने खेलाडी हुन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार