नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने भएको छ ।  भदै ३० गतेदेखि असोज ४ गतेसम्म विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्न नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्यास हुने नेपाली सेनाले जानकारी दिएको छ । अभ्यासमा विभिन्न प्रकारका विपद्को दौरान सञ्चालन गरिने खोज तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन अपनाउनु पर्ने विद्यमान विधि तथा प्रक्रियाहरूका सम्बन्धमा ज्ञान आदान प्रदान हुनेछ । काठमाडौँ, मकवानपुर र धादिङ जिल्लाहरूमा सो सम्बन्धी विभिन्न अभ्यासहरु सञ्चालन हुने नेपाली सेनाले जानकारी दिएको छ । सन् २०१२ बाट सुरु भएको संयुक्त अभ्यासको यो चौथो संस्करण हो । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार