वरिष्ठ महिला चिकित्सकहरूलाई राष्ट्रपतिले गरे सम्मान

शुक्रबार, भदौ २८, २०८१

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् । शुक्रबार नेपाल चिकित्सक संघद्धारा ‘वुमेन इन मेडिसिन इन नेपाल २०२४’ अन्तर्गत राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले ती महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।  सम्मानित हुनेहरूमा वुमेन इन मेडिसिन इन नेपाल अवार्ड अन्न्तर्गत डा.रीता गुरूङ, डा.शान्तकुमारी सापकोटा, डा.हीरा तुलाधर, डा.गीता सायमी र डा.कल्पना सुवेदी उपाध्याय छन् । वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत डा.सुनिता आचार्य, डा.सुधा खकुरेल, डा.बिमला लाखे, डा.मालती त्रिपाठी र डा.अम्बिका श्रेष्ठ रहेका छन्  । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरे । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार