प्रतिवेदनलाई अन्तिम रुप दिँदै सहकारी छानबिन समिति (भिडियो)

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं । सहकारी छानबिन समितिले अहिलेसम्म सरकारले सहकारी ठगिमा संलग्न भइ फरार रहेका व्यक्तिहरुको खोजका सन्दर्भमा गरेको प्रगतिका बारे जानकारी लिएको छ । सिंहदरबारमा शुक्रबार बसेको सहकारी छानबिन विशेष समितिले गृहमन्त्री रमेश लेखकलाई आमन्त्रण गरी फरार रहेका व्यक्तिहरूको खोजका बारेमा गरेको प्रगति बारे जानकारी लिएको सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।  उनले भने, ‘खासगरी विदेशमा फरार रहेका जिबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिहरूको बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हासिल गर्‍यो भनेर जानकारी लिएका छौं । अहिले हामी २५ जनाबाट पनि दुईजना थप गरेका छौं ।’ साथै, आजकै बैठकले सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिनेगरी छलफललाई व्यवस्थित गर्नेबारे निर्णय भएको पनि जानकारी गराए ।  उनले भने, ‘सहकारी छानबिन समितिको प्रतिवेदनलाई अन्तिम रुप दिनेबारेमा महत्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूचि, छलफलको योजना, वित्तिय विश्लेषणको जानकारी त्यस उपर छलफल प्रस्तुत, तथ्यांकमा छलफल र प्रस्तुतीकरणको ढाँचा शैलीमा गर्ने छलफललाई व्यवस्थित गर्नेबारे निर्णय गरेका छौं ।’ 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार