मौलापुर- ९ का वडा अध्यक्षमाथि यौन शोषणको आरोप, राजीनामाको माग गर्दै प्रदर्शन

शुक्रबार, भदौ २८, २०८१

रौतहट । रौतहटको मौलापुर नगरपालिका -९ का वडाअध्यक्ष श्याम किशोर साहमाथि यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन् । मौलापुर ९ सोनरनियाका स्थानीयहरुले एकजना विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रबार वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका छन् ।  तालाबन्दी गर्नुअघि गाउँलेहरुले ब्यानर र प्लेकार्डसहित बिभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा  गरेका थिए । केहि दिन अघि  गाउँकै दलित  महिलाले वडा अध्यक्ष साहमाथी यौन शोषण गरेको आरोप लगाएकी थिइन । विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।  वडा अध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुर नगरपालिकाले  घटना बारे सत्य तथ्य बुझ्न गत ७ गते  उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।  समितिले १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो । तर मौलापुर नगरपालिकाले हालसम्म प्रतिवेदन सार्वजनिक न गर्दा वडा अध्यक्षजो ढाकछोप भईरहेको भनेर स्थानीयले बिरोध जनाएका छन् । नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोशी वडा अध्यक्ष श्याम किशोर साहलाई कार्यवाही नगरेसम्म उनको कार्यकक्षमा लगाएको ताला नखोल्ने  स्थानीयहरुले चेतावनी दिएका छन ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  २०:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार