सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भदौ २९ गतेको राष्ट्रिय बाल दिवसलाई लक्षित गर्दै ललितपुरका पूर्व प्राथमिक विद्यालयहरूका संगठन अपेन ललितपुर महानगरले बृहत कार्यक्रमको आयोजना गरेको छ । यसै क्रममा कलिला बालबालिकाहरूको प्रतिभा निखार्न, नेतृत्व कला विकास गर्न, तथा आत्मविश्वास बढाउने लक्ष्यका साथ किड्स गट ट्यालन्ट २०८१ को आयोजना संगठनले गरेको हो । ललितपुर महानगर अपेनकी अध्यक्ष तथा किड्जी सानेपाकी प्रधानाध्यापक मुना श्रेष्ठको समन्वयमा सञ्चालन गरिएको उक्त ट्यालेन्ट सोमा ९ वटा विद्यालयवाट १७५ जनाले सहभागिता जनाएका थिए । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य तथा ललितपुर महानगरका शिक्षा शाखाका अधिकारीको आतिथ्यमा भव्यताका साथ अभिभावकहरूको समेत उपस्थितिमा उक्त ट्यालेन्ट सो सम्पन्न भएको थियो । भदौ १५ गते सम्पन्न गरिएको किड्स गट ट्यालन्ट २०८१ को ब्याज तथा प्रमाणपत्र वितरण गर्दै भाद्र २८ गते शुक्रबार कार्यक्रम को समापन गरिएको छ ।