काठमाडौंका भोटाहिटी साझा भण्डार–असनचोक क्षेत्रमा विद्युत् अवरूद्ध 

शनिबार, भदौ २९, २०८१

काठमाडौँ । काठमाडौंका विभिन्न स्थानहरूमा आज विद्युत् अवरूद्ध भएका छन् । विद्युत् प्राधिकरणले सूचना जारी गर्दै रत्नपार्क वितरण केन्द्रको असन र महाबौद्ध फिडर अन्तर्गत पर्ने विभिन्न स्थानमा तीनदेखि पाँच घन्टा विद्युत् अवरूद्ध हुने जानकारी दिएको हो । असन फिडर अन्तर्गत रत्नपार्क बगैचाभित्र, भोटाहिटी साझा भण्डार, असनचोक, बाङ्गेमुढा, भेडासिंह, ईन्द्रचोक, सुरज आर्केड अगाडि, मसला गल्लीको मोडसम्मको क्षेत्रमा शनिबार दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । रत्नपार्क वितरण केन्द्रकै महाबौद्ध फिडर अन्तर्गत महाबौध्द सबस्टेशन भित्र, न्युरोड गेट, रन्जना हल, विशालबजार सबस्टेशन भित्र, विशाल बजार अगाडि, गणेश ,स्थान ट्रमा हस्पिटल पछाडि केबुल हेड सम्मका क्षेत्रमा बिहान ८ बजेदेखि दिउँसो २ बजेसम् विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ। ती ठाउँहरूमा भूमिगत तारसम्बन्धी कामका लागि फिडर सटनडाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार