आज राष्ट्रिय बाल दिवस 

शनिबार, भदौ २९, २०८१

काठमाडौं । ‘बाल बालिकामा लगानी : सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ आज राष्ट्रिय बाल दिवस मनाइँदैछ । दिवसको अवसरमा विभिन्न संघ संस्थाले आज कार्यक्रमको आयोजना गरेका छन् भने देशभरका सामुदायिक तथा नीजि विद्यालयहरूले पनि विद्यार्थीलाई सहभागी गराएर कार्यक्रमको आयोजना गरे । नेपालले बाल अधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार