महानन्द चोकमा हत्या गरिएकी युवतीको पहिचान खुल्यो

शनिबार, भदौ २९, २०८१

झापा । झापा अर्जुनधारा ६ को महानन्द चोकमा युवकद्वारा छुरा प्रहार गरी हत्या गरिएकी  युवतीको  पहिचान खुलेको छ ।  हत्या गरिएकी युवती अन्दाजी १९ वर्षकी इलाम फिक्कलकी  मनिशा लोहार भएको  खुलेको हो । त्यस्तै उनलाई छुरा प्रहार  गर्ने युवक कैलाली  जिल्ला स्थायी ठेगाना भएका  अन्दाजी २० वर्षका  अनिल विक भएको बुझिएको छ । छुरा प्रहारबाट घाइते युवतीलाई उपचारका लागि बीएण्डसी अस्पताल पठाइएकोमा उपचारका क्रममा  साँझ ७ बजे उनको मृत्यु भएको हो । उनको घाँटी, छाती र कोखामा छुरा लागेको थियो । छुरा प्रहार गर्ने विक पनि घाइते छन् । उनलाई उपचारको  लागि बिर्तासिटी अस्पताल भर्ना गरिएको छ । छुरा प्रहार गर्ने विकलाई स्थानीयले प्रतिकार गर्दा  उनी घाइते भएका हुन् ।  घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । दुवैजना प्रेमी–प्रेमिका रहेको बुझिएको छ । चार दिनअघि  केटीको विषयमा बिर्तामोडको किरात चोकमा दुई समूहबीच ग्याङ फाइट भएको थियो । झडपमा एकजना घाइते भएका थिए भने तीनजनालाई प्रहरीले पक्राउ गरेको थियो ।  यस किसिमका घटनाले बिर्तामोड असुरक्षित बन्दै गएको छ ।
  

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार