दरबारमार्गमा रैथाने कृषि हाटबजार (फोटो फिचर)

शनिबार, भदौ २९, २०८१

काठमाडौं । प्रत्येक शनिबार रैथाने एग्री प्रडक्टस नेपालद्वारा आयोजना गरिने रैथाने कृषि हाटबजार आज दरबारमार्गमा सञ्चालन गरिएको छ ।  उत्पादक किसान र उपभोक्ताबीच सीधा सम्पर्क स्थापना गरी उत्पादित वस्तुको विक्रीवितरण गर्ने उद्देश्यका साथ प्रत्येक हप्ताको शनिबार हाटबजार सञ्चालन गरिँदै आएको छ ।  हाटबजारमा रैथाने तथा स्थानीय खाद्यान्न, अन्न, गेडागुडी, जडीबुटी, मौसमी अर्गानिक फलफूल तथा तरकारी, सीपमा आधारित हस्तकलाका सामग्री, बीउबिजन अन्य घरायसी सामग्री तथा परामर्श सेवा समेत उपलब्ध छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १६:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार