बालअधिकारको सुनिश्चितताका लागि सरकार संवेदनशिल छ : मन्त्री सुडी (भिडियो)

शनिबार, भदौ २९, २०८१

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले बालअधिकारको सुनिश्चितताका लागि वर्तमान सरकार संवेदनशिल रहेको बताएका छन् । शनिबार राष्ट्रिय बाल दिवस २०८१ को अवसरमा बोल्दै मन्त्री सुडीले बालबालिकाको लागि सरकारले आवश्यक बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘हाम्रा बालबालिका हाम्रा भविष्य हुन् । यीनिहरुको पालनपोषण तथा विकासमा गरिने हरेक लगानी समृद्ध र सुनिश्चित भविष्यको आधारशिला तयार गर्छ । बालबालिकाको शिक्षा,स्वास्थ्य क्षेत्रमा भएका लगानी र बाल संरक्षणका विविध सवालहरुलाई सम्बोधन गर्न आर्थिक वर्षमा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहले लिएको नीति र बजेट व्यवस्थाले समेत प्रस्ट पारेकोमा वर्तमान सरकार बालअधिकार सुनिश्चितताका लागि अत्यन्तै संवेदनशिल छ भन्ने विश्वास दिलाउन चाहन्छु । सरकारले बालबालिका सम्बन्धी विभिन्न कानून,नीति योजना तथा कार्यक्रमहरु मार्फत बालबालिकको संरक्षण, सुरक्षा, शिक्षा, स्वास्थ्य र सहभागितालगायत विषयमा लगानी गर्दै आएको भएतापनि थप लगानी बढाउनुपर्ने आवश्यक्ता रहेको छ ।’ साथै उनले बालबालिकको संरक्षणका लागि धेरै समस्या र चुनौतिहरुको सामना गर्नु परेको बताए । उनले बालबालिकाविरुद्ध हिंसा, बालयौन दुव्र्यवहार, बालश्रम, बालविवाह लगायत अन्य समस्याहरुलाई उन्मुलन गर्नुपर्ने बताए । 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार