अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभल

शनिबार, भदौ २९, २०८१

काठमाडौं । अष्ट्रेलियाको पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ । गैरआवासीय नेपाली संघ वेस्टन अष्ट्रेलियाको आयोजनामा फेस्टिभल आयोजना गरिएको हो । फेस्टिभलका लागि अष्ट्रेलियाका विभिन्न सहरहरुबाट नेपाली समूदाय भेला भएका थिए । नेपाललगायत अन्य देशहरुबाट पनि प्रतिनिधिहरु पर्थमा भेला भएका थिए ।
नेपाली कला, संस्कृति परम्पराको जर्गेना एवम प्रचार प्रसारका लागि फेस्टिभल आयोजना गरिएको हो । कलश यात्रासहित सुरु भएको फेस्टिभल राति ९ बजे आतिशबाजीको कार्यक्रम तय गरिएको छ । फेस्टिभलमा विभिन्न जातजातिको पोशाकसहित संस्कृति झल्काउने नाचहरु प्रदर्शन गरियो । 
नेप्लीज एशोसिएसन अफ वेष्टर्न अष्ट्रेलिया (नावा), पर्थ नेपाली मन्दिर तथा कम्युनिटी सेन्टर पश्चिम अष्ट्रेलियासहित विभिन्न संस्था, क्लब र व्यवसायीहरुले फेस्टिभल आयोजनाका लागि सक्रिय भूमिका निर्वाह गरेका छन् । (तस्वीर सौजन्य ः डा.ज्ञानेन्द्र रेग्मी टीका गुरुङ)
 

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  २१:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार