सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा राष्ट्रिय भेलाको बारेमा बृहत छलफल भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफलको साथै राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । उनले भने, ‘बैठकमा समसामयिक राजनीतिक, आर्थिक र सामाजिक गतिविधिबारे छलफल भएको छ । राष्ट्रिय भेलामा सहभागिताको लागि आएको प्रतिनिधिको नाम र रिपोर्टबारे कार्यवाहक महामन्त्रीबाट अपडेट लिनुभएको छ । राष्ट्रिय भेलाको प्रस्तावित कार्य तालिका, हालसम्मको तयारी, प्रस्तुत गरिने प्रतिवेदनहरूको प्रस्तावका विषयमा पनि छलफल भएको छ । जिल्ला भेला र जिल्ला समिति गठन गर्ने, विधान संशोधन सुझाव कार्यदलको सुझाव प्रतिवेदन प्रस्तुत गर्ने र आवश्यक छलफल गर्ने र प्रस्तावित नियमावली र कार्यविधिहरू सम्बन्धमा छलफलहरु भएको छ ।’ यसका साथै, उनले बैठकमा सुमना श्रेष्ठले अहिले सर्वोच्च अदालतले गरेको फैसला अनुसार उपत्यकाको खोला किनारको मापदण्ड सामान्य व्यवहारभन्दा बाहिर देखिएको अवस्थामा यसबाट प्रभावित क्षेत्रका बासिन्दालाई मर्का परेकाले स्थानीय तहले पनि पुनरावलोकनको माग गरेकोबारे आफ्नो अभिव्यक्ति राखेको पनि बताए ।