‘यो मनको चाहन’मा प्रभात र अप्सनाको रोमान्स

आइतबार, भदौ ३०, २०८१

काठमाडौं । ‘यो मनको चाहन’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । तीजको रौनकमा सयौं गीत र म्युजिक भिडियोहरू सार्वजनिक भइरहँदा, गायक सुरेश लामा र दीपा लामाको आवाजमा सजिएको ‘यो मनको चाहना’ बोलको नयाँ गीत शनिबार सार्वजनिक भएको हो । गीतको शब्द डा.दामोदर रेग्मीले लेखेका हुन् भने संगीत डीबी लामाको रहेको छ ।  विशाल निरौलाले एरेन्ज गरेका गीतलाई रञ्जन राईले मिक्सिङ र मास्टरिङ गरेका छन् । यस गीतको भिडियोमा चर्चित मोडेल तथा नायक प्रभात पल ठकुरी र मोडेल अप्सना बलामीले अभिनय गरेका छन्, जहाँ उनीहरूलाई एकअर्काको प्रेमभाव व्यक्त गर्दै देखाइएको छ । भिडियोको छायांकन मनोरम प्राकृतिक दृश्यहरूमा गरिएको छ, जसले गीतलाई थप आकर्षक बनाएको छ । उत्तम शिशिर श्रेष्ठको कन्सेप्ट र निर्देशनमा तयार पारिएको भिडियोको छायांकन सिनेम्याटोग्राफर विशाल थापाले गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन र कलरिङ गरेका छन् । गीतलाई नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतको निर्माण टिमले यसलाई दर्शकले मन पराउने विश्वास लिएको छ ।

 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०५:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार