फ्रेन्च लिग वानमा पिएसजीको लगातार चौथो जित

आइतबार, भदौ ३०, २०८१

काठमाडौँ । पिएसजीले फ्रेन्च लिग वानमा लगातार चौथो जित हासिल गरको छ । गएराति सम्पन्न खेलमा पिएसजीले ब्रेस्टलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । पिएसजीको जितमा ओसमान डेम्बेलेले २ तथा फाबियन रुइजले एक गोल गरेका थिए । त्यस्तै ब्रेस्टका लागि रोमेन डेल कास्टिलोले एक गोल गरेका थिए । यो जितपछि पिएसजीको ४ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै ब्रेस्टको भने यस सिजनमा यो तेस्रो हार हो । ४ खेलमा ३ अंक हासिल गरको ब्रेस्ट लिगमा १२औं स्थानमा झरेको छ ।
       

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार