सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कानून, न्याय तथा मानव अधिकार समितिकी सभापती बिमला सुवेदीले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका मान्छेहरुले हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती रहेको बताएकी छन् । आइतबार राजधानीमा आयोजित ‘लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालहरुको सम्बोधनमा सांसदहरुको भूमिका’ सम्बन्धी नीति संवादमा बोल्दै उनले जन्मेदेखी नै सामाजिक सुरक्षा कोषसम्म हरेक कुरामा अल्पसंख्यक समुदायले विभेद भोगिरहेको बताएकी हुन् । उनले भनिन्, ‘जन्मेदेखी मृत्युसम्म नै लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका तेस्रो लिङ्गीहरुले बिना दोष हृदय विदारक सजाय भोग्नुपर्ने स्थिती छ । परिवारदेखी नै लिएर समाज, राज्यबाट नै पीडित हुनुपरेको अवस्था छ । जन्मनु त हाम्रो कसैको दोष होइन, जन्मेदेखि जन्मदर्ता भयो, विवाह दर्ता भयो, अन्तिमसम्म आउँदा सामाजिक सुरक्षा कोषको कुरासम्म आइपुग्दाखेरी हरेक काममा तपाईंहरुले विभेद भोगिरहनु भएको छ । रोजगारीको सवालमा पनि विभेद नै भैइरहेको अवस्था छ ।’ समाजमा चेतनाको विकास भइनसकेका कारण लैंगिक अल्पसंख्यकहरुले समाजमा अपमानित भएर बाच्नुपरेको उनको भनाइ छ । त्यस्तै, उनले समाजका सबैभन्दा बुझेका मानिसहरुबाट नै तेस्रो लिङ्गीहरु अपमानित हुनु परेको बताइन् । उनले लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सवालमा कानूनलाई नै संशोधन गरेर लग्नुपर्ने बताइन् ।