परराष्ट्रमन्त्री राणा क्यानडा जादै

आइतबार, भदौ ३०, २०८१

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा सोमवार क्यानडा भ्रमणमा जाने भएकी छिन् । परराष्ट्रमन्त्री राणा विश्वभरका महिला परराष्ट्रमन्त्रीहरूको सम्मेलनमा भाग लिन जान क्यानडा जान लागेको उनको सचिवालयले जानकारी दिएको छ । क्यानडाको टोरन्टोमा सेप्टेम्बर १९ र २० मा यो कार्यक्रम हुन लागेको हो । कार्यक्रममा विश्वका करिब २० जना महिला परराष्ट्रमन्त्री सहभागी हुदैछन् । सो सम्मेलनलाई सम्बोधन गरेपछि परराष्ट्रमन्त्री राणा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन २१ सेप्टेम्बरमा अमेरिकाको न्युयोर्क जाने कार्यक्रम रहेको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १३:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार