कम्पनीहरूले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीले साना लगानीकर्ता मारमा : संसदीय समिति

आइतबार, भदौ ३०, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । नेकपा एमालेका सांसद पदम गिरीले एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले असमझदारी बढ्दै गएको बताएका छन् । अर्थ समितिको आइतबार बसेको बैठकमा बोल्दै उनले यस्तो परिपाटीलाई समितिका सभापतिहरू बसेर समाधान गर्नुपर्ने बताएका हुन् ।   उनले भने, ‘एउटा समितिले एउटा निर्णय गरिसकेपछि अर्को समितिको बैठक बसेर अर्कै निर्देशन दिने परिपाटीले एक प्रकारको असमझदारी बढेको छ । यसको समाधानका लागि समितिका सभापतिहरूले बसेर समाधान गरौं । क्षेत्राधिकार मिचेर निर्देशन दिने पनि केही अवस्थाहरू आउँछन् । तर संवादको माध्यमबाट यस्ता समस्याहरूलाई हल गर्दै लैजानुपर्दछ ।’ साथै उनले  कम्पनीहरूले मूल्य बढाएर आइपीओ जारी गर्ने परिपाटीका कारण साना लगानीकर्ताहरू मारमा पर्ने गरेको बताए । उनले  नियम संशोधन गरेर राजपत्रमा प्रकाशित नगर्दा सर्वसाधारण लगानीकर्ताहरूलाई त्यो जानकारी नहुँदा सूचनाको हकबाट बञ्चित भएको हो कि ? यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने बताए । यस्तै  नेपाली कांग्रेसका सांसद विनोद चौधरीले सञ्चालनमा नआई आईपीओमा कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले ऐन–कानुनका कारणले राम्रा कम्पनी बजारमा नआएका कारण  बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्न  नहुने बताए ।  उनले  भने, ‘सञ्चालनमा नआई आईपीओमा आउने कम्पनी पनि छन्, ती कम्पनीको नेटवर्थ कसरी १०० भन्दा बढी हुन्छ ? बजारमा अब्बल कम्पनी भित्रिएका छैनन् । हामीले समग्र रूपलाई हेर्नुपर्छ । ऐन–कानुनका कारणले राम्रा कम्पनी नआएका हुन् कि । बजारलाई प्रभावित पार्ने निर्णय हामीले गर्नु हुन्न । हाम्रा अहिलेका ऐन नियममा कहाँ के के कुरा मिलेको छैन त्यो पनि हेर्नुपर्ने भएको छ ।’

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार