संसद् अधिवेशन सोमबारबाट अन्त्य गर्न सरकारको सिफारिस

आइतबार, भदौ ३०, २०८१

काठमाडौं । सरकारले जारी संसद अधिवेशन अन्य गर्न सिफारिश गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सोमबारको बैठक बसेर राति १२ बजेबाट अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । माओवादीले ‘हिंसा’ शब्द प्रति आपत्ति जनाउँदै संसदको अवरोध जारी राखेपछि सरकारले संसद् अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।


 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार