संविधान दिवसमा दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ हुने 

आइतबार, भदौ ३०, २०८१

काठमाडौं । यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा काठमाडौंको दरबारमार्गमा नागरिकस्तरबाट ‘नेशनल डे कन्सर्ट’ आयोजना हुने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै वृहत नागरिक आयोजक समितिले संविधान दिवस असोज ३ गते ‘नेशनल डे कन्सर्ट’ मनाउने जनाएको हो ।  उक्त कन्सर्ट नेपालको लोकतान्त्रिक यात्रा र संविधान निर्माणको ऐतिहासिक बलिदानलाई सम्झाउने आयोजकको विश्वास छ । 
राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई प्रवर्द्धन गर्न, युवा पुस्तामा एकताको भावना जोगाउन र नागरिक संलग्नता बढाउन सहयोग पुर्‍याउने विश्वास आयोजकले लिएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार