सहकारी ठगीको विषयमा रवि लामिछानेले क्लिन चिट पाइसक्नुभयो : सांसद शिशिर खनाल

सोमबार, भदौ ३१, २०८१

काठमाडौं । सहकारी ठगीका विषयमा छानबिनका लागि बनेको संसदीय समितिका सदस्य समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले रवि लामिछानेले सहकारीको ठगीको विषयमा क्लिन चिट पाएको जानकारी दिएका छन् । 
सोमबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सांसद खनालले लामिछाने सहकारी ठगीमा संलग्न रहेको कुनै पनि प्रमाण नभेटेको निष्कर्ष संसदीय समितिले निकालेको जानकारी दिएका हुन् । 
उनले भने,‘जुन आरोप वा आक्षेप माननीय रवि लामिछानेमाथि लागेको थियो, त्यसमा प्रशस्त प्रमाण भेटिएन । सहकारीको रकम अपचलन, पैसा हिनामिना गरेको छ भन्ने आक्षेपबाट पूर्णरुपमा रवि लामिछानेले समितिमार्फत क्लिन चिट पाउनुभएको छ ।’
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार