सहकारीहरु कानुन र इमान विपरित छन् भन्ने अध्ययनले देखाउँछ : संसदीय छानबीन विशेष समिति

सोमबार, भदौ ३१, २०८१

काठमाडौं । सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबीन विशेष समितिको प्रतिवेदन २०८१ प्रतिनिधि सभामा पेस भएको छ ।  सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा समिति सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेस गरेका हुन । 
प्रतिवेदन पेसपछि बैठकमा बोल्दै उनले अनुसन्धाबाट सहकारी विपरित, कानुन विपरित र इमान विपरित कार्य भइरहेको खुलेको बताए । यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस आफूहरुले गरेको उनको भनाई छ ।  उनले भने,‘मान्छेका खाता, कार्य प्रणाली फेक छन् । सहकारी होइन् । सहकारी विपरितका क्रियाकलाप भइरहेका छन् । कानुन विपरित र इमान विपरित कार्य भइरहेका छन् । यस स्थितिको अन्त्य गरी सहकारी क्षेत्रलाई आम जनताको बीचमा विश्वसनियता पुन जागरित गरेर अघि बढाउन कोसिस गरेका छौं र समस्या समाधानको बाटो पहिल्याउँदै अविश्वासको अध्यारो छिचोलेर विश्वासको दियो बाल्ने हामीले हिम्मत गरेका छौं ।’
 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  २०:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार