क्यान्सर विशेषज्ञ डाक्टर सुदीप श्रेष्ठ  नेस्मोमा 

मंगलबार, असोज १, २०८१

काठमाडौँ । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठ नेप्लिज सोसाईटी अफ मेडिकल अंकोलोजी (नेस्मो) को अध्यक्षमा  निर्वाचित भएका छन् ।  सस्थाको दोस्रो अधिवेशनले नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका अध्यक्ष समेत रहेका डा.श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो । उपाध्यक्षमा डा. रोशन प्रजापति, सचिवमा डा.अजय झा र कोषाध्यक्ष डा.सुस्मिता शर्मा  निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा डा.राजिव देव, डा.सचिन शाक्य, डा.रमिला सिल्पाकार डंगोल, डा.लिजा कोशिन र डा.विवेक कँडेल निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको कार्यकाल दुई वर्षको रहने छ । हाल  नेस्मोमा ४० जना भन्दा बढी सदस्य छन् । कार्यक्रममा डा.श्रेष्ठले क्यान्सर उपचारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले युवापुस्ताका मेडिकल अंकोलोजिष्टहरूलाई अवसर दिन वातावरण तयार पर्ने बताए । 
डा.श्रेष्ठले क्यान्सर उपचारमा औषधिको महत्व एकदमै रहेको भन्दै नेपालको पुरानो औषधि नीतिका कारण समय–समयमा समस्या हुँदै आएको बताए ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०८:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार