रवि लक्षित कमल थापाको टिप्पणी, 'क्लिन चिट' पायो होईन, कारवाहीको सिफारिश भयो !'

मंगलबार, असोज १, २०८१

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले रास्वपा अध्यक्ष रवि लामिछानेले 'क्लिन चिट' नपाएर कारवाहीको सिफारिश भएको टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले क्लीन चिट पाएको भन्दै जनताको आँखामा  छारो हाल्ने काम भएको उल्लेख गरेका छन् । साथै उनले प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारेको आरोप समेत लगाएका छन् । 

उनले भनेका छन्- 'क्लिन चिट' पायो ! होईन, कारवाहीको सिफारिश भयो ! यो जनताको आँखामा छारो हाल्ने काम हो।सत्य के हो भने,प्रमुख दलका नेता कार्यकर्ताहरुकै संरक्षण र संलग्नतामा सहकारी ठगी र रकम अपचलन भएको देखिएपछि सबै मिलेर फासफुस पारे । भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त नपारेसम्म यस्तो भैरहन्छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार