चीनमा मध्य शरद पर्व धुमधामसँग मनाइँदै

मंगलबार, असोज १, २०८१

बेइजिङ । चीनका विभिन्न सहरमा मध्य शरद पर्व धुमधामसँग मनाइँदैछ । परम्परागत चिनियाँ चाडका रुपमा मनाइने शरद पर्वलाई चन्द्रमा महोत्सव पनि भन्ने गरिन्छ । सेप्टेम्बर १७ तारिख बेलुकी ८ बजे ‘सीएमजीको मध्य शरद पर्व २०२४ को गाला’ विश्वभरका दर्शकहरूसँग एकसाथ प्रस्तुत गर्ने चलनलाई यसबर्ष पनि निरन्तरता दिइएको छ । मध्य शरद महोत्सव, वसन्त पर्व, छिङमिङ महोत्सव र ड्रर्यागन बोट फेस्टिभललाई चीनका चार परम्परागत चाडहरू भनेर चिनिन्छ ।

Photos-(2)-1726571748.jpg
चिनियाँ संस्कृतिबाट प्रभावित, मध्य शरद चाड पूर्व र दक्षिणपूर्वी एशियाका केही देशहरू, विशेष गरी स्थानीय चिनियाँ र विदेशी चिनियाँहरूका लागि परम्परागत चाड हो । यस वर्षको मध्य शरद पर्वको गालामा ‘चन्द्रमा निस्किने’, ‘चन्द्रमा प्रकाश’ र ‘चन्द्रमाको उज्यालो’ तीनवटा खण्डमा कलात्मक प्रदर्शनका साथ मनाउने चलन छ ।  सो अवसरमा चिनियाँ परम्परागत संस्कृति संगीत, नृत्य, नाटक, र वाद्य संगीत जस्ता प्रदर्शन गरिएका छन् । परिवार र साथीहरूबीच पुनर्मिलन गर्दै र मुन केकको आनन्द लिँदै मनाईने यो पर्व यस वर्ष मंगलबार परेको छ । (सीसीटिभी प्लस)

Photos-(3)-1726571751.jpg
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार