सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् सत्यमोहन जोशीको स्वास्थ्य अवस्था स्थीर रहेको छ । छाती दुखेपछि बुधबार दिउँसो उनलाई उपचारका लागि ग्वार्कोस्थित किस्ट शिक्षण अस्पताल लगिएको थियो । उक्त अस्पतालमा अहिले भर्ना भएर उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था अहिले स्थीर रहेको अस्पतालका निर्देशक प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए ।
उनले भने, ‘छातीमा संक्रमण देखिएको छ, मुटुको गति पनि अलि बढी देखिएको छ, केही दिन अस्पतालमै राखेर उपचार गर्छौ ।’ यसैबीच, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र उपप्रमुख गीता सत्याल अस्पताल पुगेर जोशीको स्वास्थ्य लाभको कामना गरेका छन् । नगरप्रमुख र उपप्रमुखसँग जोशीले सामान्य कुराकानी गरेका थिए । ललितपुर महानगरपालिकाले सत्यमोहन जोशी एक सय वर्ष प्रवेश गरेको अवसरमा वि.स२०७६ देखि एक वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरेको थियो । जोशी गत वैशाख ३० गते एक सय दुई वर्षमा प्रवेश गरेका छन् ।