सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी–२० विश्व कपको पुरस्कार रकमलाई बराबरी बनाएको छ । यो निर्णयलाई क्रिकेटको इतिहासमा कोषेढुंगा सावित हुने अपेक्षा गरिएको छ । आईसीसीले २०२४ को महिला टी–२० विश्व कपको पुरस्कार रकम ७९ लाख ५८ हजार ८० अमेरिकी डलर तोकेको छ । यो अघिल्लो संस्करणको तुलनामा २२५ प्रतिशत वृद्धि हो । विजेताले २.३४ मिलियन डलर पुरस्कार प्राप्त गर्ने छन् भने उपविजेताले १.१७ मिलियन डलर प्राप्त गर्ने छन् । प्रमुख टोली खेलहरूको बीचमा पुरुष र महिला विश्व कपको पुरस्कार रकम बराबरी गर्ने एक मात्र खेलको रुपमा क्रिकेट बनेको छ । २०२४ को महिला टी–२० विश्व कप संयुक्त अरब इमिरेट्समा हुँदै छ । उक्त विश्वकपमा १० टोलीले २३ खेल खेल्नेछन् । विश्वकप ३ अक्टोबरबाट सुरु हुनेछ। उद्घाटन खेलमा बंगलादेशले स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने छ ।
विजेताका लागि पुरस्कार : २.३४ मिलियन डलर (२०२३ मा १ मिलियन डलर)
उपविजेताका लागि पुरस्कार : १.१७ मिलियन डलर (२०२३ मा ५,००,००० डलर)
सेमिफाइनलमा परेका टोलीहरू : प्रत्येकलाई ६७५,००० डलर (२०२३ मा २१०,००० डलर)
सम्पूर्ण पुरस्कारको रकम : ७,९५८,०८० डलर (२०२३ मा २.४५ मिलियन डलर)