प्रदेश संरचना हट्दैन, थप उत्तरदायी बनाउँछौं : देउवा

मंगलबार, असोज १, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इतिहासले गरेका गल्तीहरु अझै पनि समाधान गर्न नसकिएको बताएका छन् ।  पार्टी कार्यलयमा मंगलबार आयोजित नेपाली कांग्रेसद्वारा आयोजित ‘संविधानको एक दशक–कार्यान्वयन र चुनौती’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले विभिन्न जात जातिले बनेको देश नेपालमा अझै पनि विभाजन रहेको भन्दै उनले कतिपय कुराहरु कानूनी रुपमा समाधान भएता पनि अझै पनि व्यहारमा भने लागू हुन नसकेको बताए ।  उनले भने, ‘एउटा कुरा स्पष्ट छ । नेपाल विभिन्न जात जातिले बनेको देश हो यो । तर अझै पनि विभाजन छ । इतिहासले गरेका गल्तीहरु अझै पनि समाधान गर्न सकिएको छैन । त्यसैले छुवाछुतलगायत कतिपय कुराहरु अझै पनि कानूनी रुपमा समाधान भएता पनि व्यहारमा भने लागू भएको छैन ।’ 

Sher-Bahadur-Deuba--1725809374.jpg
उनले प्रजातन्त्रको लागि विद्यार्थी कालदेखि नै जेलनेल भोगेका कारण कुनै पनि हालतमा प्रजातन्त्रको खिलाफको काम नगर्ने प्रतिवद्धता जनाए । प्रजातन्त्र अझ कसरी मझबुद बनाएर अगाडि बढाउने र जनताका प्रति अझ बढि जवाफदेही बनाउने कुरा आजको आवश्यकता रहेको उनको भनाइ छ ।  उनले भने, ‘हामी प्रजातन्त्रको लागि पहिलेदेखि नै लडेर आएको हौं । विद्यार्थी कालदेखि नै जेलनेल सबैकुराहरु भोगेको हौं । प्रजातन्त्रको खिलाफको कुनै पनि काम हुनसक्ने कुनै कुरा छैन । यसलाई अझ कसरी मझबुद बनाउन अगाडि बढाउने र जनताकाप्रति अझ बढि जवाफदेही बनाउने कुरा आवश्यक छ ।’
सभापति देउवाले प्रदेश संरचना हटाउने विषयमा धेरै कुरा उठ्ने गरेको भन्दै बनिसकेको प्रदेश संरचना कुनै पनि हालतमा नहट्ने स्पष्ट पारे । उनले सधैँ प्रदेशबाट समानुपातिकबाट ल्याउने समस्या रहेको भन्दै जबसम्म नेपालमा आफै चुनाव जितेर आउने वातावरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक रहेको धारणा राखे ।  उनेल भने,‘प्रदेश संरचना बनिसकेको छ । त्यसैले प्रदेश हट्ने कुरा चाहीँ छैन । यसलाई हटाउन सकिने स्थिति पनि छैन । प्रदेश संरचनालाई कसरी अझ उत्तरदायी बनाउने भन्ने विषयमा विचार गर्ने भन्ने हो । सँधै कति समानुपातिकबाट ल्याउने ? त्यो समस्या चाँही छ । समानुपातिकबाट ल्याउनुपर्ने बाध्यता छ । जबसम्म नेपालमा आफै चुनाव जितेर आउँने बाताबरण बन्दैन तबसम्म समावेशी राजनीति आवश्यक छ ।’

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार