जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, असोज २, २०८१

प्युठान । १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान नगरपालिका-७ पाखाडेरा बस्ने २९ वर्षीय  मेघराज योगीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मेघराजले ती किशोरीलाई सोही ठाउँस्थित गौरा जंगलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बिजुवारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार